बिर्तामोड । श्री हरी सामुदायिक बिकास केन्द्र बिर्तामोड-२ चनरपानेमा श्रीमद् भागवत महापुराण सञ्चालन हुने भएको छ ।
फागुन २५ गतेदेखि शुरु हुने महापुराणमा ख्यातिप्राप्त कथाबाचक आचार्य पण्डित अर्जुन भट्टराईको बाचकत्वमा सञ्चालन हुने छ ।
महापुराणबाट सङकलित भेटीले सामुदायिक बिकास केन्द्रको स्वामित्वमा रहेको लक्ष्मीनारायण मन्दिरको घेराबारा गर्ने र अक्षयकोष स्थापना गर्ने अध्यक्ष गङगाप्रसाद सिलवालले जानकारी दिए ।
संगितमय सप्ताहब्यापी महापुराणका लागि ६ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ । आगन्तुक भक्तजनहरुको व्यापक सहभागिता जुटाउने तयारी आयोजकको रहेको छ ।
धार्मिक, सामाजिक सद्भाव र दुर्ब्यसनमुक्त समाज स्थापनाको लागि सामुदायिक बिकास केन्द्रले अभियान सञ्चालन गर्दै आएको छ । महापुराणबाट २० लाख सङ्कलन हुने अपेक्षा आयोजकको रहेको छ ।
मन्दिरमा हाल १ सय परिवार आजिवन सदस्य छन् ।



















