दमक । झापाको दमकमा रहेको रेल बिभागको कार्यालयमा आज एकिकृत माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । 

rel 2

देश आर्थिक संकटमा परेको बेला काम बिनाका कार्यालय स्थापना गरेर मुलुकलाई थप आर्थिक भार पारेको भन्दै माओवादीको भातृ संस्था वाइसिएलले रेल कार्यालयमा तालाबन्दी गरेको जनाएको छ । 

वाइसिएलका दमक नगर अध्यक्ष जोन बुडाथोकीको नृतृत्वमा गएको टोलीले कार्यालयमा ताला लगाएको थियो । पुर्व–पश्चिम रेल सञ्चालन गर्ने भन्दै नागरिकको सम्पति रोक्का गरिएकाले सो सम्पति फुक्का गर्नका लागि पनि बुढाथोकीले माग गरे ।

rel 3

रेल र पानी जहाज जस्ता कार्यालयमा कार्यकर्ता भर्ती गरेर राज्यको ढुकुटी चरम दोहन गरिएको पाइएकोले त्यस्ता कार्यालय बन्द गर्ने वाइसिएलको नीति रहेको उनले बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ता पोस्नका लागि यस्ता अनावश्यक कार्यालय स्थापना गरेर लुट मच्चाएको आरोप उनले लगाए ।