झापा । सबैभन्दा धेरै मोवाइल प्रयोगकर्ताको रोजाई बनेको सामसुङले अब किस्ताबन्दीमा मोवाइल सेट उपलब्ध गराउन थालेको छ । सामसुङको ‘इन्स्टा फाइनान्स’ सुविधा अनुसार कम्पनीले यो सुविधा उपलब्ध गराउन थालेको हो ।
अब ग्राहकले ४० प्रतिशत मुल्य तिरेर सामसुङको मोवाइल सेट प्राप्त गर्ने छन् । सामसुङको आक्रामक बजार नीति अनुसार सबै प्रयोगकर्ताको हातमा मोवाइल फोन पु¥याउन कम्पनीले यो अवधारणा ल्याएको हो । बाँकी रहेको रकम मासिक किस्ताका रुपले तिर्न पाइने सामसुङ कम्पनिको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सका बजार प्रतिनिधि अनुप प्रसाईले जानकारी दिए ।
सामसुङ मोवाइल फोन खरिदकर्ताले तिर्ने किस्ताबन्दी रकममा ब्याज भने तिर्नु नपर्ने उनले बताए । यो योजना २५ हजारभन्दा माथिको मोवाइल सेटमा मात्र उपलब्ध गराएको कम्पनीको भनाई छ । सामसुङले सबै प्रयोगकर्ताको हातमा मोवाइल फोन पु¥याउन यो योजना अघि सारेको जनाएको छ ।



















