बिर्तामोड । बिर्तामोड नगरपालिका वडा न–२ खेलकुद बिकास समितिका अध्यक्ष कमला लिम्बुले सो वडाका अति बिपन्न बर्गका ६० जना बिद्यार्थीलाई ब्याग उपलब्ध गराएकी छन् । 
kama

लिम्बुले पञ्चरत्न मावी चैतुबारी, बिर अमरसिंह मावी चारपाने र सांङवेद संस्कृत बिद्यालय चारपानेका बिद्यार्थीलाई ब्याग उपलब्ध गराएकी हुन् । बिद्यालयमा एक समारोहको आयोजना गरी ब्याग वितरण गरिएको जानकारी लिम्बुले
दिइन् । 
la

अति बिपन्न समुदायका बिद्यार्थीको अध्ययनमा सहयोग गर्ने उदेश्यले बिद्यालय सामग्रीका रुपमा ब्याग वितरण गरेको उनले बताइन् । खासगरी साना कक्षामा अध्ययन गर्ने बिपन्न बिद्यार्थी छनौट गरेर ब्याग वितरण गरिएको हो । 
लिम्बुको आर्थिक सहयोगमा पञ्चरत्न मावीमा २५ जना बिद्यार्थीलाई ब्याग वितरण गरिएको थियो । यसैगरी बिर अमरसिंह मावीमा २० जना र सांङवेद संस्कृत बिद्यालयका १५ जना बिद्यार्थीले ब्याग पाएका छन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा न २ का अध्यक्ष किशोर पौडेल, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक लगायत स्थानीयको सहभागिता रहेको थियो ।