कर्मचारी हक हित संरक्षण मञ्चमा खवास

  • जेठ २०, २०८०
  • मेचीखबर
alt

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । कर्मचारी हक हित संरक्षण मञ्चको प्रथम अधिवेशनले चिरञ्जीवी खवासको अध्यक्षता नयाँ नेतृत्व चयन गरेको हो ।

FB_IMG_1685752349053


अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देन तामाङले उद्घाटन गरेको अधिवेशनबाट मञ्चको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र लिङदेन, उपाध्यक्षमा मुना निरौला, सचिवमा सौजन कटुवाल, सहसचिवमा त्रिविक्रम पोखरेल र कोषाध्यक्षमा माया ऐर निर्विरोध चयन भए ।

यसैगरी, मञ्चको सदस्यमा वासुदेव पौडेल, मीना अधिकारी र विनोद खनाल पनि निर्विरोध भए । मञ्चको विधानअनुसार अन्य ४ जना सदस्यलाई कार्यसमितिको बैठकले मनोनित गर्ने प्रावधान रहेको छ ।

सोही अधिवेशनले छविरमण पोखरेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । सदस्यमा प्रकाश पौडेल र जानुका बस्नेत रहेका छन् ।

विधानले मञ्चको बरिष्ठ उपाध्यक्षलाई अनुशासन समितिको संयोजक र उपाध्यक्षलाई अतिरिक्त क्रियाकलापको संयोजक तोकेको छ । विधानतः मञ्चले कर्मचारी कल्याण कोष र कर्मचारी हित कोष स्थापना गर्ने भएको छ ।

अधिवेशनको बन्दसत्रले निर्वाचन मण्डलको संयोजकमा विपिन लम्साल, सदस्यमा निता नेपाल र इन्द्र पौडेललाई चयन गरेको थियो । संयोजक लम्सालले नवनिर्वाचित सञ्चका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । उनीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निर्वाचन मण्डलको टिमले अविर लगाइदिएका थिए ।

तदर्थ समितिका संयोजक चिरञ्जीवी खवासको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडा नम्बर २ का अध्यक्ष सिद्धार्थ श्रेष्ठ र ३ नम्बर वडाका अध्यक्ष सीताराम भट्टराईले कर्मचारीले सेवाग्राहीलाई झञ्झटिलो प्रक्रियाबाट नभइ सहज ढंगबाट सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, पेशागत हक हित संरक्षणका लागि संगठित कर्मचारीले समृद्ध नगर र नमुना नगर बनाउन प्रमुख भूमिका निर्वाह गर्ने भएकाले नगरको नीतिअनुरुप कार्यान्वयनमा लाग्न सुझाव दिएका थिए ।

तदर्थ समितिका सहसचिव सौजन कटुवालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्षद्वय खगेन्द्र लिङदेनले स्वागत र माया ऐरले औचित्यमाथि प्रकाश पारेका थिए ।

  • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५५/०७४/७५
  • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
  • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
  • इमेल: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • ९८५२६३३६०३

हाम्रो टीम

  • कार्यकारी सम्पादक पुष्प बराल