मेचीनगर । मेचीनगर ९ मा न्वारानको भोज खाएका स्थानीयहरु बिरामी परेका छन् । गत सोमबार माथिल्लो मागुरमाडी निवासी गोबिन्द श्रेष्ठको नातीको न्वारान थियो । सो न्वरानमा पुगेर भोज खाएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएको र उनीहरु स्थानीय आम्दा अस्पतालमा उपचाररत रहेका मेचीनगर ९ का वडाध्यक्ष कञ्चन कुमार तामाङले जानकारी दिए । 

food 1

उनका अनुसार आम्दा अस्पताल धुलाबारीमा भर्ना भएका स्थानीयहरुमा वान्ता हुने, कामज्वरो आउने तथा झाडापखाला चल्ने समस्या देखिएको छ । ‘आज विहान सम्ममा २७ जना अस्पतालमै उपचाररत छ्न् । उहाँहरुको अवस्था पनि सामान्य नै छ’  मेचीखबरलाई जानकारी दिँदै वडाध्यक्ष तामाङले भने यो ‘स्वास्थ्य अवस्था सामान्य रहेकाले भोलीसम्ममा सबै डिस्चार्ज हुने डाक्टरले बताएका छन् ।’

यता यो विषयमा उपचारका लागि नगरको स्वास्थ्य शाखाले पनि समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताए । अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्था बुझी निशुल्क औषधीको व्यवस्था गरिएको शाखा प्रमुख सापकोटाको भनाई छ । न्वारानका लागि खानाका विभिन्न परिकार बनाउने क्रममा केहि मिसावट भएको र यसरी स्थानीयहरु बिरामी परेको हुन सक्ने वडाध्यक्ष तामाङले आँकलन गरेका छ्न् । तर के मिसावट भयो रु भन्ने यकिन भएको छैन । ‘स्थानीयहरुको भनाई अनुसार अचार खानेहरु बिरामी परेको भनेर बुझिएको छ तर यकिन भने भएको छैन,’ वडाध्यक्ष तामाङले भने ।