बिर्तामोड । ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिका घर भएका दिनेश भटराईको झापाको अर्जुनधारा स्थित एक क्रसरमा भएको दुर्घटनामा मृत्यु भएको छ । 
अर्जुनधारा- ७ को मङगल श्री क्रसरमा हेल्परको काम गर्दै आएका भटराईको दुर्घटनामा मृत्यु भएको हो । क्रसरभित्र काम गर्दै गरेका उनलाई सामान अनलोड गर्ने क्रममा हाईवाले थिचेको थियो । 
दिउँसो ४ बजे सामान अनलोड गर्ने क्रममा ना १ क ७८९२ नम्बरको हाईवा चिप्लिएर भटराईलाई थिचेको प्रहरीले जनाएको छ । २२ बर्षिय भट्टराईको शब निकाल्न प्रहरी, स्थानीयवासी तथा क्रसरमा कार्यारत मजदुरलाई ५ घण्टा लागेको थियो ।

दुर्घटनामा परेको हाइवा क्रेनको मदतले निकालिएको थियो । क्रसरको हप्परमाथि हाईवा झर्दा सो दुर्घटना भएको हो । हाईवा र हप्परमा भएको सम्पुर्ण सामग्रीले थिचिदा भटराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।




















