भद्रपुर । झापामा जङ्गली हात्तीले दिनहुँ क्षति पुर्याउन थालेकाे छ । बिषेशगरी जङ्गल आसपासका बस्तीमा हात्तीले क्षति पुर्याउन थालेको छ ।
यसैक्रममा जङ्गली हात्तीले बिहीबार बिहान भद्रपुर नगरपालिका- ९ काे झोडा स्कुल आसपासका दुई वटा गाउँमा क्षति पुर्याएको छ ।
हात्तीले इन्दिरा दाहालको घुम्ती पसल भत्काइदिएको छ । पसल भित्र रहेको सामान खानुका साथै क्षति पुर्याएको छ ।
त्यस्तै खीलबहादुर मगरको मतानको दिवाल र ढोका लडाइदिएको छ, भने कुलबहादुर मगरको मकै र बोराको धान खाएर क्षति पुर्याएकाे छ । बर्खाको बेला जङ्गली हात्ती आहारको खोजीमा गाउँ छिर्न थालेपछि जङ्गल आसपासका स्थानीय त्रसित बनेका छन् ।



















