बिर्तामोड । कनकाई नगरपालिकाको दुर्गापुरमा छोटा हात्ती र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विहीबार विहान ७ बजेर १० मिनेट जाँदा भएको दुर्घटनामा परी गौरादह नगरपालिका १ का कुमार दर्जीको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र०१००१ च ७४०७ नम्बरको छोटा हात्ती र विपरित दिशाबाट आउँदै गरेको प्र०१०१६ प ५०९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएको र उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउँने बित्तिकै चिकित्सकले मृत घोषित गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव अस्पतालमा रहेको बताइएको छ ।

मोटरसाइकलछोटा हात्ती र त्यसका चालक कनकाई नगरपालिका वडा नम्बर ४ का ३३ बर्षीय पशुपति ओली इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात घटनास्थलमा केहिबेर तनाव भएको थियो । स्थानीयबासीले करिब एक घण्टा राजमार्ग बन्द गराएका थिए ।