बिर्तामाेड । कनकाई नगरपालिका ७ दुर्गापुरमा क्षेत्रमा आज भएको सवारी दुर्घटनाकाे भिडियाे खिच्ने क्रममा स्थानीय पत्रकार  सिएम शर्मामाथि दुर्ब्यबहार भएकाे छ । 


बिर्तामाेडका युवा पदम श्रेष्ठले पत्रकार शर्मामाथि दुर्ब्यबहार गरेका हुन् । शर्माका अनुसार श्रेष्ठले माेबाइल खाेसेका थिए । आफु सञ्चारकर्मी रहेकाे भन्दा भन्दै श्रेष्ठले भिडियाे बनाइरहेकाे माेबाइल खाेसेकाे शर्माले बताए । 


शर्मा ठाेस खबर टडकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सदस्य हुन् ।पत्रकार शर्माको मोवाइल खोसेपछि स्थानीयको दवावपछि केहिबेरमा श्रेष्ठले मोवाइल फिर्ता दिएकाे उनले बताए ।


यसैविच पत्रकार शर्माको मोवाईल खोस्ने श्रेष्ठलाई कडाभन्दा कडा कार्वाही गर्नका लागि पत्रकारजन्य संघसंस्थाले जोडदार माग गरेका छन । 


पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले पत्रकारमाथि भएको चरम दुव्र्यहारको जतिनै शब्दमा निन्दा गर्दा पनि कम हुने भन्दै यस्ता खाले गलत हर्कतका विरुद्धमा पत्रकार महासंघ सदैव लागिपर्ने बताएका छन् ।

दोसीउपर उचित कार्वाहीको प्रक्रिया अगाडि नवढाएमा सशक्त आन्दोलन गरिने समेत झापालीले बताएका छन् ।

यसैगरि प्रेस सेन्टर झापा, कनकाई सुरुङ्गा प्रेस क्लव लगायतका संघ संस्थाले समेत दोसी उपर कार्वाहीको माग गरेको छन ।


पत्रकार शर्माको मोवाइल खोसेको केहि मिनेटमा श्रेष्ठले मोवाइल फिर्ता दिएका थिए । यता कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले प्रहरीकै अगाडि पत्रकारको मोवाईल खोसिनु र उनलाई प्रहरीले संरक्षण लिएर जानुले आशंका उत्पन्न गराएको बताउँदै जोकोही पनि घटनामा सामेल व्याक्तिलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । पत्रकार शर्मा कनकाई सुरुङ्गा प्रेस क्लवका कोषाध्यक्ष समेत हुन्।