बिर्तामोड । याक्थुङ पेभाक्कूम याङदेम्बा नेम्वाङ समुदायको वंशावली पुस्तक बिमोचन तथा थेवा–बृत्तचित्र सार्वजनिक भएको छ । 

याक्थुङ पेभाक्कूम याङदेम्बा नेम्वाङ वंशावलीले शनिवार झापाको बिर्तामोडमा वंशावली पुस्तक बिमोचन तथा थेवा–बृत्तचित्र सार्वजनिक गरेको हो । 

याक्थुङ पेभाक्कूम याङदेम्बा नेम्वाङ वंशावली संकलन समितिका अध्यक्ष तोलकुमार नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवंम बरिष्ठ साहित्यकार तीलबिक्रम नेम्वाङ ‘बैरागी काइला’ ले वंशावली पुस्तक बिमोचन तथा थेवा–बृत्तचित्र सार्वजनिक गरेका हुन् । 

देश तथा बिदेशमा छरिएर रहेका लिम्बु जाती (नेम्वाङ समुदाय) लाई एउटै धागोमा उन्ने र आफ्नो इतिहासको खोज अनुसन्धान गरी एक अर्काप्रति पहिचान गराउने उदेश्यले वंशावली प्रकाशन गरिएको बताइएको छ । 

याक्थुङ पेभाक्कूम याङदेम्बा नेम्वाङ समुदायको वंशावलीका सह–संयोजक स्वागत चन्द्रबीर नेम्वाङले गरेको कार्यक्रमको सञ्चालन सचिव दिलकुमार नेम्वाङले गरेका थिए ।