बिर्तामोड । बिर्तामोडमा चोरीका घटना बृद्धि भए लगत्तै इलाका प्रहरी कार्यालयले २४ घण्टामा १८ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका मध्ये मोवाइल, ग्याँस, थाल, भाँडा, टिभी लगायतका घरायसी सामग्री चोरीका घटनामा संलग्न रहेको दावी प्रहरीको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीका अनुसार मोवाइल र थाल, भाँडा चोरीका घटनामा संलग्न हुने ८ जनाले अभियोग स्वीकार गरिसकेका छन् ।
पक्राउ गरेको अरु १० जनामाथि पनि अनुसंधान भइरहेको हुनाले चोरीका घटनामा उनीहरुको संलग्नता प्रमाणित हुने दावी प्रहरीको छ । बिशेषगरी रातको समयमा गस्ती गर्न शुरु गरेपछि २४ घण्टामा नै शंकास्पद १८ जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाई छ ।



















