दमक । कनकाई नगरपालिका ४ कोटीहोममा गएराती मोटरसाईकललाई ठक्कर दिएर फरार पिकअपलाई प्रहरीले दुर्घटनाको १८ घण्टापछि नियन्त्रणमा लिएको छ ।

कनकाई नगरपालिका ४ कोटीहोम त्रिवेणी टोलमा पिकअफले ठक्कर दिदा मोटरसाईकलमा पछाडि सवार एक जनाको मृत्यु भएको थियो । ठक्कर दिने पिकअफ भ्यान भने फरार रहेको थियो ।

ठक्कर दिने पिकअपलाई प्रहरीले शिवसताक्षी नगरपालिकाको शिवगञ्जबाट नियन्त्रणमा लिएको हो । मोटरसाईकलाई ठक्कर दिएर फरार पिकअप प्र १–०१–००१ च ९५३२ नम्बरको रहेको समेत इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । हाल ठक्कर दिने पिकअपलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाईकललाई दक्षिणबाट उत्तरतर्फ जादै गरेको उक्त पिकअपले ठक्कर दिदा कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ बर्षिय शम्भु लिम्बुको उपचारका क्रममा मृत्यु भएको थियो ।

मे ३ प ७०७९ नम्बरको मोटरसाईकलमा सवार उनलाई पिकअप भ्यानले ठक्कर दिएर फरार भएको थियो । पिकअफको ठक्करबाट घाईते बनेका लिम्बुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक मृतकका भान्जा २० बर्षिय सागर लिम्बुको भने अवस्था सामान्य रहेको छ ।