बिर्तामोड । राष्ट्रिय युवा सङघ अर्जुनधाराले ‘एक युवा ५ बिरुवा’ अभियान अन्तरगत वडा न ६ मा रहेको बालकल्याण आधारभुत बिद्यालयबाट बृक्षरोपण कार्यक्रम सुरुवात गरेको छ । 

rojina 1

राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा अर्जुनधारा नगरपालिकाको उत्प्रेरक रोजिना पाण्डेको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज धनकुमार तामाङ, क्षेत्र नम्बर २ का इन्चार्ज सुजन थापा मगर र नगर अध्यक्ष सुरेन राई, बिद्यालयका प्रधानाध्यापक डम्बर यादवको उपस्थितीमा बिद्यालय परिसरमा बृक्षरोपण गरिएको हो । 

युवा सङघले ४ महिने ‘मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यु जेनेरेसन’ अभियानको थालनी गरेको छ । सोही अभियान अन्तर्गत बृक्षरोपण कार्यक्रम आयोजना गरिएको सङघका केन्द्रिय सदस्य तथा अर्जुनधारा नगरपालिकाका उत्प्रेरक पाण्डेले जानकारी दिइन् । नेपालभर ५ लाख युवाले २० लाख बिरुवा रोप्ने युवा संघको योजना रहेको उनले बताइन् । 

बढ्दो शहरीकरणका कारण पर्याबरणमा आउदै गरेको असन्तुलन नियन्त्रण गर्न बृक्षरोपण कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । तेजपत्ता, कपुर लगायतका बिरुवा बिद्यालय परिसरमा रोपिएको थियो । बिद्यालय परिसरमा १०० बिरुवा रोपिएको छ । 

यो अभियान अर्जुनधारा नगरपालिकाको ११ वटै वडामा सञ्चालन गरिने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी पाण्डेले बताइन् । उक्त कार्यक्रमको सञ्चालन युवा संघका जिल्ला सचिवालय सदस्य भीम राईले गरेका थिए । बृक्षरोपण अघि युवा संघले अर्जुनधारा जलेश्वर धाममा श्रावणी पर्वमा जल चढाउन आएका भक्तजनलाई व्यवस्थित गर्न स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो ।