दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेसँगै प्रमुख प्रशासकीय अधिकृत निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समुहमा पठाएको छ ।

दमकमा तार्केश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ । डम्बरुले एक महिलासँग नगरपालिकाको क्वाटरभित्रै अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जाल टिकटकमार्फत बारिएपछि विवादमा परेका थिए । त्यसपछि उनलाई मन्त्रालयले पत्र काटेर बोलाएकाे थियाे ।