भाेजपुर । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जंगलमा निगुरो टिप्न गएका भाेजपुर नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । 

परिवारसँग निगुरो टिप्न स्थानीय झ्यालसिङे जंगलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए । 

खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुर शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेकाे थियाे ।