बिर्तामाेड । नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यका साथ झापाको बिर्तामोडमा सञ्चालित होटल हिकोला हेरिटेज स्थापनाको ९ औं बर्षमा प्रवेश गरेको छ ।  

आन्तरिक र बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर २०७२ साल भदौं ४ गतेदेखि सञ्चालनमा आएको होटलले बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।

होटलको स्थापना दिवसको अवसरमा भदौं ४ गते पर्यटन प्रवर्धनका लागि साहित्य, संगीत, कला, भाषा, संस्कृतिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरिने सञ्चालक देबीभक्त श्रेष्ठले जानकारी दिए ।

पुर्बी नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यका सञ्चालन गरिएको होटलले पर्यटक तथा आगन्तुक पाहुनाहरुलाई उत्कृष्ट सेवाले दिदै आएको सञ्चालक श्रेष्ठले बताए । शुभचिन्तक तथा आगन्तुक पर्यटकहरुको मायाका कारण नै होटल आठौं वर्ष पुरा गरि नौ बर्र्षमा प्रवेश गर्न  सफल भएको उनको भनाई छ ।

होटलमा इन्डियन, कन्टिनेन्टल, चाइनिज, थकालीलगायतका खानाका परिकारहरु साथै पारिवारिक वातावरणसहितको रेस्टुरेन्ट रहेको होटलका प्रवन्ध निर्देशक गौरव श्रेष्ठले जानकारी दिए । उनका अनुसार होटलमा भीआइपी बार तथा सुबिधा सम्पन्न कोठाहरु छन् । ब्यवस्थित कार्यक्रम हलसँगै २०७५ चैत्र २५ देखि स्पा र ज्याकुजी सहितको युनिसेक्स सैलुन सञ्चालन रहेको छ ।

२०७६ माघ २६ गतेदेखि काँकरभिट्टामा पहिलो शाखा सञ्चालन गरेको होटलले ९ औं वर्ष प्रवेश गरेको अवसरमा आवासमा १५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको प्रवन्ध निर्देशक श्रेष्ठले बताए । होटलमा चाँडै सुबिधा सम्पन्न क्याफे सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।