तेह्रथुम । करेन्ट लागेर शनिवार बिहान एक वृद्धाको मृत्यु भएको छ । तेह्रथुमकाे म्याङलुङ नगरपालिका वडा नं ३ नागदहका ८४ वर्षिया दाजुलादेवी विश्वकर्माको घरमा भएको नाङ्गो तार छुदा करेन्ट लागेर मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी राजन चाँपागाईका अनुसार घरमा लगाइएकाे बिजुलीकाे तारलाई बिश्वकर्माले छुँदा करेन्ट लागेकाे थियाे । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तेह्रथुम लगिएकाे डिएसपी चापागाईँले जानकारी दिए ।



















