बिर्तामाेड । झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिले बजारमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ ।
माेहन मैनालीको घरको पुजा कोठामा विद्युत सर्ट भई बिहान ७.४५ बजे आगलागी भएको प्रहरीले जनाएकाे छ ।
आगलागीबाट घरको एउटा फ्लाट नै जलेकाे थियाे । आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर युवराज कट्वालले बताए ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा बिहान लगभग १० बजे आगलागी नियन्त्रणमा लिएको कट्वालले जानकारी दिए ।



















