बिर्तामोड । रोजगारीकोे आकर्षक गन्तब्य बनेको दक्षिण कोरिया जाने नेपाली युवा–युवतीका लागि लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण कक्षा सञ्चालनमा आएको छ । 

बिर्तामोड–४ स्थित भद्रपुर रोडमा 'बुसान सिटी' कोरियन भाषा प्रशिक्षण केन्द्र बिहीबार (आज) देखि सञ्चालनमा आएको हो । उक्त केन्द्रको कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरेका हुन् । 

५ बर्ष कोरिया बसाईपछि २ बर्ष काठमाडौंमा कोरियन भाषा प्रशिक्षण झापा आएका दिलकुमार राईले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् । सञ्चालक राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रशिक्षक गोबिन्द दाहालले स्वागत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामोड–७ का वडाध्यक्ष अबिरलकृष्ण खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सरोज न्यौपानेले गरेका थिए । 

उक्त प्रशिक्षण केन्द्रमा दक्ष भाषा प्रशिक्षक मार्फत कक्षा सञ्चालन, बेसिक, एड्भान्स, मोडल प्रश्न, कक्षा सञ्चालन हुने सञ्चालक राईले बताए । सिबिटी, युबिटी, पिबिटी मोडलमा परिक्षा गराइने, अडियो, भिडियो मार्फत कक्षा सञ्चालन हुने, परिक्षाका लागि मात्र बिशेष तयारी कक्षा सञ्चालन गरिने सञ्चालक राईले जानकारी दिए । एक घण्टा ३० मिनेट कक्षा सञ्चालन हुने प्रशिक्षण केन्द्रमा बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन हुने जनाइएको छ ।