झापा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको पहिचान भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राती करिब १ बजेकाे समयमा दुर्घटना भएकाे हाे ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् ।

भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेकाे प्रहरीले जनाएकाे छ ।