झापा । पाल्पाको जोर्ते भन्ने स्थानमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो आज बिहान ढुंगासहितको पहिरोले पुरिएकाे हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















