झापा । झापा शिवसताक्षी– १० स्थित कन्काई नदीमा डुबेर बेपत्ता भएका युवाकाे शव फेला परेकाे छ। 

माछा मार्न जाँदा कन्काई –४ त्रिवेणी टोल निवासी २३ वर्षिय सविन श्रेष्ठ बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएका थिए । श्रेष्ठ सोही ठाउँका भुपाल मगर, अमृत मगर, राम भुजेललगायतका साथीहरुसंग कनकाई नदीमा माछा मार्न गएका थिए । उनी डुबेको उनका साथीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बिहीबार र शुक्रबार दिनभर उनकाे खाेजी गरेकाे थियाे । गाेताखाेर ल्याएर श्रेष्ठकाे खाेजी गर्दा पनि फेला पार्न सकेकाे थिएन । 

खोजी गर्ने क्रममा आज दिउसो घटनास्थलभन्दा एक किलोमिटर दक्षिण श्रेष्ठको शव फेला परेको कनकाई नगरपालिका वडा न ४ का अध्यक्ष रोशन सुवेदीले जानकारी दिए । वडा सदस्य शेसप्रसाद प्रसाईको टोलीले श्रेष्ठको  शव फेला  पारेको थियो । 

अहिले शवको मुचुल्का गरेर उठाउने तयारी भईरहेको जानकारी सुवेदीले दिए ।