झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ आंै स्थापना दिवस सम्पन्न भएको छ । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना दिवस मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हकअधिकारलाई निजामती  ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्र सेवक कर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अब बन्न लागेको निजामती कर्मचारी ऐनमा सबै कर्मचारीका हक अधिकार सुनिश्चिता गरिने बताए । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, मेची अञ्चल अस्पताल भद्रपुरका पूर्ब मेडिकल सुपरिटेण्डेन्ट डा.जयकुमार ठाकुर, देवीप्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए । 

नेपाल निजामती कर्मचारी युनियन झापाका सचिव चन्द्रकुमार पौडेलले सञ्चालन गरेका थिए ।