झापा । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको  रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । 

यादवकाे ट्रमा सेन्टरमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । यादवमाथि के कारणले आक्रमण भएकाे हाे भन्ने खुलिसकेकाे छैन ।