काठमाण्डाै । काठमाण्डाै महानगरपालिका वडा न १६ का वडाध्यक्ष मुकुन्द रिजालकाे  निधन भएकाे छ । 

ग्राण्डी अस्पतालमा उपचाररत रिजालकाे आज बिहान निधन भएकाे हाे । अस्पतालले रिजालकाे भाइरल निमोनियाबाट निधन भएकाे जनाएकाे छ ।

उपचारका लागि अस्पताल भर्ना भएकाे समयमा नै रिजालकाे फाेक्साे ड्यामेज भएकाे अस्पतालले जनाएकाे छ । 

सुरुमा डेगु सक्रमणका कारण निधन भएकाे हल्ला चलेपनि उनकाे निधनकाे कारण भने भाइरल निमाेनिया भएकाे अस्पतालले प्रष्ट पारेकाे छ ।