बिर्तामाेड । काेशी प्रदेशका नवनियुक्त भाैतिक पुर्वाधार मन्त्री एकराज कार्की डेंगु रोगबाट संक्रमित भएका छन् । 

डेंगु सक्रमण भएका समयमा उनी काेशी प्रदेशकाे मन्त्री नियुक्त भएका थिए । आइतबार प्लेटलेट घटेर डेन्जर जाेनमा आएपछि कार्कीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हाे । कार्कीकाे आइतबार प्लेटलेट ४९००० मा झरेकाे थियाे । 
मुटु रोगबाट पीडित रहेका मन्त्री कार्कीको टिचीङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । चिकित्सकका अनुसार मुटुमा पलाएकाे शिष्टकाे समस्यासँगै डेंगु  पनि थपिएपछी कार्कीलाई यहाँ उपचार गर्न सम्भव नभएकाे हाे । 

बिर्तामाेडकाे बिर्तासिटी अस्पतालमा उपचार गराइरहेका कार्कीलाई चिकित्सकले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लान सुझाव दिएपछि उनलाई काठमाण्डौ लगिएको भट्टराईले जानकारी दिए । बिर्तासिटीका चिकित्सकले कार्कीको उपचारका क्रममा समस्या उत्पन्न भएको अवस्थामा श्वास प्रश्वासमा कठिनाई हुने सुझाव दिएपछि कार्कीको थप उपचारका लागि महाराजगञ्ज लगिएको हो ।