बिर्तामाेड । बिर्तामोडकाे एक होटलबाट ब्राउन सुगरकाे काराेबार गर्ने एकसहित दुईजना पक्राउ परेका छन् । 

बिर्तामाेड नगरपालिका-१ कञ्चनजङ्घा टाेलमा सञ्चालित विमला हाेटल एण्ड लजका सञ्चालकसहित एकजनालाई ब्राउन सुगरसहित पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ पर्नेमा साे हाेटल सञ्चालक बिमला माेक्तान र भद्रपुर नगरपालिका- ७ निवासी रुजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागु औषध ब्राउन सुगरको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो  ब्राउन सुगर सहित पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।