बिर्तामाेड । झापाको बाह्रदशी गाउँपालिका–५ का गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीवार दिउँसो १ बजे अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर गजमेर घाइते भएका थिए । गजमेरलाई बिर्तासिटी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको थियो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटीगई साँझ ५.३० बजे शवको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।