झापा । काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ। हत्या अभियोगमा एकजना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै गैरिगाउँको एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई गएराति ११:२३ बजे सूचना प्राप्त भएको थियो। तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो।

उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको एसपी ढुंगेलले जानकारी दिए। हत्या भएकामध्ये तीन जना एकै परिवारका हुन्।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा सुरक्षागार्डको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल,  कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

हत्या अभियोगमा सोही ठाउँ निवासी दिपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेेको छ । उनको शरिरको विभिन्न स्थानमा रगत लागेको अवस्थामा पक्राउ  गरिएको जानकारी ढुङगेलले दिए ।