बिर्तामाेड । झापाको बाह्रदशी ५ मा अरिङ्गालले टाेकेर एक महिलाको मृत्यु भएको छ  । अन्य दुईजना घाइते भएका छन् ।

अरिंगालले टोकेर बाह्रदशी ५ नवकिरण टोलकी करिव ६० वर्षिया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । हिजो साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेलमाथि अरिंगालको पुरै गोला खनिएको थियो ।

घाइते भुर्तेललाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको बाह्रदशी ५ का वडा सदस्य जय तिम्सिनाले बताए ।

तिम्सिनाका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् । अरिंगालले टोकेर मृकककी छोरी लक्ष्मी र करिव ७ वर्षिय नाति घाइते भएका छन् । उनीहरुको घरमै उपचार गरिएको वडा सदस्य तिम्सिनाले जानकारी दिए ।