बिर्तामोड । झापाको बिभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिकाको मेची पुलबाट भारतबाट नेपाल आउदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बिर्तामोड नगरपालिका–३ का अनुज राजबंशीको साथबाट १ ग्राम २३० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । 

यसैगरी भारतबाट नेपाल आउँदै गर्दा इलाम नगरपालिका ९ बस्ने रोहन खवासलाई ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । मेचीनगर ६ मा पक्राउ परेका खवासले मलद्धारभित्र लागु औषध लुकाएर ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसंधान तथा कारवाहीका लागि लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टामा राखिएको जनाइएको छ ।