बिर्तामोड । साधुको भेषमा जबरजस्ती गर्दै माग्दै हिड्ने चारजनालाई बिर्तामोड नगर प्रहरीले पक्राउ गरी प्रहरीलाई बुझाएको छ ।
अनुहारमा रङ पोतेर स्थानीयको घरमा पुग्ने उनीहरुले अनिष्ठ हुने भन्दै सर्बंसाधारणलाई आतंकित बनाउने गरेका थिए । मागेजति चन्दा रकम सहयोग नगरे अनिष्ठ हुने भन्दै ती भारतीय मगन्तेले स्थानीयलाई आतंकित बनाएपछि नगर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
नगर प्रहरीसँग उनीहरुको उजुरी गएपछि नगर प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको नगर पह्ररी महेन्द्र पाण्डेले जानकारी दिए ।
प्रहरीले भारतको दिल्लीबाट माग्न आएका उनीहरुलाई कायलनामा गराएर छोडेको जनाएको छ । ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले नेपालमा रकम मागेर आतंकित नबनाउने शर्तमा उनीहरुलाई छोडेको जनाएका छन् ।
यसअघि पनि बिर्तामोड नगरपालिका क्षेत्रमा माग्दै हिड्ने २० जनाभन्दा बढीलाई नगर प्रहरीले पक्राउ गरी भारत पठाएको थियो । त्यसपछि बिर्तामोडमा मगन्तेको संख्या कम भएको थियो ।