बिर्तामोड । झापामा मोबाइल चोरीका घटनामा वृद्धि भएको छ । चोरी गर्ने गिरोहले बिर्तामोड शहरकम विभिन्न क्षेत्रमा मोबाइल चोरी गर्ने गरेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल चोरीका घटनाका उजुरी पर्ने क्रम बढेको छ । २०८० असार १ गतेबाट भदौ ३१ गतेसम्ममा ४५ वटा मोबाइल चोरी भएको उजुरी दर्ता भएका छन् ।

त्यस्तै सोही अवधिमा ४९ वटा मोबाइल हराएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए । तीन महिनाको अवधिमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको तथा १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले बरामद गरेको सात र फेला पारेको ११ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीको तथ्याङ्कमा उल्लेख रहेको छ ।