बिर्तामोड । झापाको अर्जुनधारा-१० मा बिहीबार राती  एउटा घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । घटनामा अर्का एकजना घाईते भएका छन् ।
अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउपालिकाको बिच सिमानाको एउटा घरमा आगलागी हुँदा अर्जुनधारा १० की एकजना वृद्धाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ७३ वर्षीया दिलकुमारी राईको आगलागीमा परेर भएको हो । घटनामा उनका श्रीमान् भने घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रविन भट्टराईले बताएका छन् ।
स्थानीयवासी प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।