बिर्तामोड । पूर्व-पश्चिम राजमार्गको चारपाने खण्डमा जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान ०५ः४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।