दमक । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल–३ स्थित कमल पुलमा गएराति सवा ८ बजे दुर्घटना भएकाे थियाे । पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ वर्षीय कृष्णबहादुर गिरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते गिरीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उनको उपचारको क्रममा राति ९.४५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।