दमक । झापाको दमकमा तास खेलिरहेका ११ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकको टोली विशेष सूचनाको आधारमा बिहीबार साँझ साढे ६ बजेको समयमा दमक नगरपालिका- ७ हाटखोलास्थित कर्णबहादुर राईको घरमा तास खेलिरहेकाे समयमा उनीहरुलाई पक्राउ गरेकाे हाे । 

राईको घरमा पैसाको बाजी थापेर तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पक्राउ पर्नेहरू घरधनी राईसहित झापा दमक- ७ बस्ने रत्नबहादुर विश्वकर्मा, सुनसरी बराहक्षेत्र-५ बस्ने सुरेशकुमार विष्ट, सोही ठाउँका उत्तम मगर, धरान- १३ बस्ने रबीकुमार राई, धरान- १४ बस्ने कृष्णप्रसाद पाठक, धरान- १६ बस्ने प्रदीप गिरी, धरान- १८ बस्ने किशन घिमिरे, धरानका करणबहादुर मगर मोरङ विराटनगर- १ बस्ने हरि पाण्डे, इटहरी- १८ बस्ने नरेश चौधरी रहेका छन् । 

प्रहरीले उनीहरूको साथबाट ३ लाख ५३ हजार ६०० नगद , तीन बुङको १६५ पत्ता तास बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने डीएसपी रिजालको भनाई छ ।