बिर्तामाेड । मेचीनगर नगरपालिका–१२ काे एउटा रबर उद्योगमा आज विहान आगलागी भएको छ । 

शान्तिराम चिमरियाले सञ्चालन गरेकाे उद्याेगमा आगलागी भएकाे हाे । रबर सुकाउने मेसिनमा विद्युत सट हुँदा उद्योमा आगलागी भएको थियाे । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उद्योगमा आगलागीबाट करिब रु ३५ लाख बराबरको क्षति भएको छ । 

विहान ९ बजे भएको आगलागीबाट उद्योगमा तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको छ । हाल आगलागी मेचीनगर नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा  नियन्त्रणमा आइसकेको छ  । 

गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा पनि आज विहानै आगलागी भएको छ । खोले पकाउने क्रममा अचानक गोठमा सल्किएकाे आगोका कारण एउटा बाछी जलेर मरेको छ भने एउटा गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट एक लाख ६० हजार बराबरको क्षति भएको छ ।