बिर्तामोड । झापाको मेचीनगर–१२ धाईजनमा मंसीर १५ गतेदेखि सप्ताहव्यापी श्रीमद भागवत महापुराण आयोजना हुने भएको छ । 

received_188919847543810

धाईजनको पञ्चवटी वीरभद्र महाकाली धाममा भागवत मञ्जरी राधिका दासीको मुखारबृन्दबाट महापुराण आयोजना हुन लागेको समितिले पत्रकार सम्मेलन गरी जनाएको छ 

धाम परिसरको जमिनमा घेराबारा गर्ने, सामुदायिक भवन र जेष्ठ नागरिक चौतारी निर्माण तथा नियमित पुजा गर्नका लागि अक्षयकोष स्थापना गर्ने उदेश्यले महापुराण आयोजना गरिएको पुराण आयोजक मुल समारोह समितिका संयोजक तिलक गिरीले जानकारी दिए । 

महापुराण सम्पन्न गर्न २५ लाख रुपैंयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ । महापुराणबाट ७५ लाख रुपैंयाँ संकलन हुने अनुमान गरिएको आयोजक समितिका सचिव प्रेम घिमिरेले बताए । उनले मन्दिर परिसरमा १ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक निर्माण गर्ने गुरुयोजना बनाइएको बताए । 

मंसीर २१ मा समापन हुने महापुराण सम्पन्न गर्न आयोजकले बिभिन्न समिति निर्माण गरेको छ । समितिले महापुराणमा दैनिक २ हजार भक्तजनाको उपस्थिति रहने अपेक्षा गरिएको जनाएको छ ।