बिर्तामोड । शसस्त्र प्रहरीले सिमा पिल्लर मर्मत तथा रङरोगन गर्न शुरु गरेको छ । काँकडभिट्टामा सोमबार बिहान एक समारोहको आयोजना गरी शसस्त्रले पिल्लर मर्मतको काम शुरु गरेको हो ।

received_900351008150291

कोशी प्रदेशका डिआइजी अञ्जनी कुमार पोखरेलको नेतृत्वमा शसस्त्रले जिर्ण पिल्लर मर्मत तथा रङरोगन गर्न शुरु गरेको छ । कोशी प्रदेशको ४३० किलोमिटर खण्ड भारतसँग सिमा जोडिएको छ । 

झापामा १७० वटा पिल्लरमा रङगरोगन, १०९ वटामा सामान्य मर्मत, १६ वटामा मध्यम स्तरको मर्मत र ३ वटा पिल्लर पुर्ण रुपले मर्मत गर्नुपर्ने अवस्था रहेको शसस्त्र प्रहरी २ न हेडक्वाटर झापाका एसपी देवराज अर्यालले जानकारी दिए । 

डिआइजी पोखरेलले डिजिटल सिमाको अवधारणा अपनाइएका कारण अब पिल्लर नष्ट भएपनि त्यसको लोकेशन थाहा हुने बताए । उनले धेरै पिल्लर जिर्ण भएका कारण सिमाको बिषयमा बिवाद भइरहेको अवस्थामा शसस्त्रले त्यसको अन्त्यका लागि मर्मत तथा रङरोगन शुरु गरेको जनाए । 

कार्यक्रममा नेपाल र भारतका सुरक्षा अधिकारी, मेचीनगर तथा भद्रपुर नगरपालिकाका मेयर, वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।