विराटनगर । विराटनगर– ७ सातघुम्तीकाे एक कवाडी सामान राखिएकाे गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तीन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको  मोरङ प्रहरीले जनाएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा बिराटनगर ६ की सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनको उपचारको क्रममा राती नै मृत्यु भएको बताइएको छ ।

बुधवार विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परेका एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र अर्का एक जना महिलाको बुधार नै मृत्यु भएको थियो । मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमै शव फेला परेको थियो । त्यो शब बिराटनगर ६ कै ५५ वर्षीया शुशिला पासवनको रहेको खुलेको छ । यसअघि प्रहरीले पासवान घाइते भएको बताएको थियो । तर, ती घाइते सुनिता कामत रहेको पुष्टि भएको छ ।

घाइते अवस्थामा नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएका चार जनामध्ये कामतको मृत्यु भएको हो । अन्य तीन घाइतेको उपचार भैरहेको छ ।