बिर्तामोड । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत झापाको अर्जुनधारामा एकिकृत विपद व्यवस्थापन केन्द्र स्थापना हुने भएको छ । 

received_250907768009664

अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सक्रियतामा विपद ब्यवस्थापन केन्द्र स्थापना हुने भएको हो । अर्जुनधारा नगरपालिका वडा न १ मदनपुरमा केन्द्रको कार्यालय रहने निश्चित भएको छ । 

received_1045466720024057

कार्यालय तथा भौतिक पुर्वाधार निर्माणका लागि ५ करोड मुल्य बराबरको रकम निकासा गरेर ठेक्का लगाइएको नगरका इञ्जिनियर निता नेपालले जानकारी दिइन् । सो रकमले भवन लगायतको संरचना निर्माण हुने छ ।

एकिकृत बिपद ब्यवस्थापन केन्द्रमा दमकल, एम्बुलेन्स, शवबाहन रहने छ । बाढीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि आवश्यक औजार र तालिमप्राप्त जनशक्ति केन्द्रमा रहने जनाइएको छ । केन्द्रमा हेलिप्याड समेत निर्माण हुने भएको छ । 

कोशी प्रदेश सरकार र केन्द्रबाट पायक पर्ने चारवटा स्थानीय तहबीच सहकार्य प्रवर्दन गर्ने पहल केन्द्रले गर्ने छ । मुख्यमन्त्री एकिकृत बिपद ब्यावस्थापन ऐन २०७९ निर्माण भएपछि दुई वा दुईभन्दा बढी स्थानीय तहको सहभागितामा यसरी एकिकृत बिपद ब्यवस्थापन केन्द्र निर्माण हुने भएको हो । 

परियोजनाको लगानी साझेदार नेपालका लागि स्विजरल्याण्डका राजदुत डा ड्यानिला मौलीको उपस्थितिमा बुधबार भएको छलफलमा परियोजनाको लागि स्थान तय गरेर काम शुरु गरिएको बताइएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनले भवन निर्माणका लागि ठेक्का प्रक्रिया पुरा भएको बताए । 

परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, तीनवटा नगरपालिकाको २४ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको ६ प्रतिशत र स्विस सरकारको २० प्रतिशत लगानी रहने गोम्देनले जानकारी दिए ।