बिर्तामाेड । धान झार्ने थ्रेसरमा च्यापिएर झापा गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ ।

आज बिहान करिव ५ बजेतिर झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो ।

प्र१–०१–००१त८०९२ नं को ट्रयाक्टरबाट टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए । थ्रेसरमा परेर उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ । घटनापछि थ्रेसर चालक फरार रहेको बताइएको छ ।