झापा । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेकाे बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रक बाराकाे अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक जुध्दा तीन जनाको मृत्यु भएको छ । घटनामा अरु २७ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काँकडभिट्टाबाट छुटेकाे बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।

घाइतेहहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।