झापा । झापाको दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आज बिहान भएको आगलागीबाट तीनवटा घर जलेर नष्ट भएको छ ।
बिहान ३ बजेको समयमा बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नं.५३५ बस्ने भिमबहादुर घिमिरेको घरमा आगलागी भएकाे थियाे । बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट ३ वटा घर, घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको छ ।
सो आगो दमक नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।