बिर्तामोड । उपचाररत बिरामीकाे मृत्यु भएपछि झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यू भएपछि विरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् ।

विरामीको उपचारमा लापरबाही भएको आरोप लगाउदैं विरामी पक्षले उपचारमा संलग्नमाथि कारबाहीको माग गरेका छन् । अस्पतालमा भीड बढेपछि प्रहरी सुरक्षा बढाइएको छ ।

बिर्तामोड ९ निवासी नर्वदा घिमिरेकाे उपचारको क्रममा मृत्यू भएको परिवारको आरोप छ । खुट्टा सुन्निएर सोमवार विहान उपचारका लागि भर्ना गरिएको विरामीको साँझतिर मृत्यू भएकाे मामा पर्वत ओझाले जानकारी दिए । विरामीको के कारणले मृत्यू भएको अस्पतालले हालसम्म सार्वजनिक गरेकाे छैन ।

अहिले सोहि विषयमा इलाका प्रहरी कार्यालय अनारमनीमा छलफल चलिरहेको मृतकका मामा ओझाले जानकारी दिए । उनले मृतकको २ जना साना नानी समेत भएकाले त्यसलाई केन्द्रमा राखेर छलफल गर्ने जानकारी दिए । अस्पताल प्रशासनसँग प्रहरी रोवरमा पीडित पक्षकाे छलफल चलिरहेको छ ।