पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेको पेकुवा मा धारीलो हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ ।

घटनामा सासुआमा र छिमेकी गम्भिर घाईते भएका छन् ।
पारिवरिक समस्या भएपछि छलफल गर्न बसेको बेला तुम्बेवा–४ को हाङगुमका असफल कुरुम्बाङले श्रीमती गोमा फियाकको हत्या गरेको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर सुमित कुशुवाले जानकारी दिए । 

सासु कान्छिमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ गम्भिर घाईते भएका छन् ।
घाइतेलाई उपचारका लागि झापf पठाइएको वडा अध्यक्ष जिवन फियाकले जानकारी दिए ।
हत्यारा संलग्न असफल फरार छन् ।


पाँच बर्ष अघि सोहि ठाँउमा यस्तै प्रकृतिको घटना हुँदा नौँ जनाको हत्या भएको थियो । ज्वाईले ससुराली र आफन्तको हत्या गरि आत्माहत्या गरेका थिए ।