बिर्तामाेड । जिल्ला प्रहरी कार्यालय झापाले पुष महिनाभित्रमा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

अदालतबाट सजाय फैसला भइसकेका फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान चलाएको प्रहरीले बिभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका प्रतिवादीबाट ५० लाख ४२ हजार ६७७ रुपैंयाँ जरिवाना असुल उपर भएको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरुले १८ बषै ४ महिना २३ दिन कैद सजाय काट्नुपर्ने उनले बताए ।