झापा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । 

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले पक्राउ परेका गौतमले किन आक्रमण गरे भन्ने खुलिनसकेको बताए। ‘हामी अनुसन्धान गर्दैछौं। किन आक्रमण भयो भन्ने कारण अहिले नै पत्ता लागेको छैन,’ डीएसपी केसीले भने।